२०८३ बैशाख १७ , बिहिवार

२० वाणिज्य बैंकको नाफा १९ प्रतिशतले बढ्यो

nepal rastra bank

सुनाखरी न्युज/ काठमाडौं ।
२० वाणिज्य बैंकले  चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) करिब ४९ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्षको सोही अवधिमा यस्तो नाफा करिब १९ प्रतिशतले बढेको बैंकहरूले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

यस अवधिमा रेमिट्यान्स, डिजिटल कारोबार, प्रतीतपत्र ग्यारेन्टी, ट्रेजरी बिल, सेवा शुल्कलगायतबाट प्राप्त हुने आय (गैरब्याज आय) बढेकाले खुद नाफा करिब १९ प्रतिशतले बढेको बैंकहरूले बताएका छन् । यस अवधिमा बैंकहरूले निष्क्रिय कर्जाका लागि राख्नुपर्ने प्रावधान रकम घट्नु र ब्याज आम्दानीमा पनि बढे पनि नाफा वृद्धिमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २० वाणिज्य बैंकले करिब ४१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

औसतमा वाणिज्य बैंकहरूको नाफा बढे पनि गत चैतसम्म ७ वटा बैंकको नाफा घटेको देखिन्छ । बैंकहरूमा न्यूनतम चारदेखि अधिकतम ५५ प्रतिशतसम्मले नाफा घटेको वित्तीय विवरणमा उल्लेख छ । यद्यपि समग्रमा तेस्रो त्रैमासमा बैंकहरूको नाफा बढेको बैंकरहरूले बताएका छन् ।