२०८३ बैशाख १५ , मंगलबार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

shekhar-golchha

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी गोल्छालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

 

साथै सर्वोच्च अदालतले गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै कारण भए पेश गर्न समेत आदेश दिएको छ ।