२०८३ बैशाख १० , बिहिवार

आँप खानुअघि पानीमा किन भिजाउने ?

mango-8283268_1280

 

सुनाखरी न्युज/ काठमाडौं ।

आँपलाई फलफूलको राजा पनि भन्ने गरिन्छ । तराई क्षेत्रमा धेरै फल्ने आँप मन पराउनेहरू हिमाल र पहाडमा पनि धेरै छन् । नेपालमा मालदह, दशहरी, आम्रपाली, बम्बइ आँप धेरै रूचाइन्छ । यीमध्ये पनि मालदह आँप बजारमा बढी खोजिनेमा पर्छ । विज्ञहरूका अनुसार, आँप खानु केवल जिब्रोको स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । आँपमा फाइबर, भिटामिन, मिनिरल्स, एन्टिअक्सिडेन्टजस्ता तत्त्वहरू पाइन्छ ।

आँपलाई त्यत्तिकै खानु हुँदैन भनेर हामीले सुन्दै आएका छौँ । तर बजारबाट किनेर ल्याउने बित्तिकै खललल धारामा पखालेर आँप खाने बानी धेरैको हुन्छ । तर प्रश्न यो उठ्छ कि यसरी आँप खानु ठिक हुन्छ रु आँपलाई धुनुअघि केही समय भिजाउनुभयो भने, यसको फाइदा दोब्बर हुन सक्छ ।

आँप खानुका फाइदा

. आल्सरेटिभ कोलाइटिस ( आन्द्राको सुजन)  कम हुन्छ ।
. पाचन स्वास्थ्य सुधार ( विशेषगरी एमाइलेज जसले कार्बोहाइड्रेट तोड्छ )  ।
. पोलिफेनोल्सले कब्जियतमा सहयोग गर्छ ।

. फलाम, जुन एनिमियाका लागि राम्रो हुन्छ ।
. भिटामिन सी र भिटामिन ए ले आँखा स्वस्थ, कोलेस्ट्रोल स्तर सन्तुलन राख्न र छालाको क्षति रोक्न मद्दत गर्छ ।
. भिटामिन बी हुन्छ, जसले सेरोटोनिन स्राव गर्छ, जसले राम्रो निद्रामा सहयोग गर्छ।
. कोलन र स्तन क्यान्सर रोकथाम गर्छ ।

पकाएको आँप खाने विधि

१)  राम्ररी धुने

आँपलाई खाने बेलामा सफा राम्ररी पानीले धुनुपर्छ । यसले आँपको सतहमा रहेको धुँलो, फोहोर र केही कीटनाशक हटाउन मद्दत गर्छ ।

२)  छिल्को हटाउने

आँपको छिल्को हटाएर मात्र खाने गर्नुपर्छ । धेरैजसो रसायन र कीटनाशक छिल्कामा हुने भएकाले छिल्को हटाउँदा सुरक्षित हुन्छ ।

३)  पानीमा भिजाउने

आँपलाई खानुअघि १५/ २० मिनेटसम्म सफा पानीमा भिजाउनुहोस् । यसले कीटनाशक र रसायनहरूको मात्रा कम गर्न मद्दत गर्छ ।

४ ) बेकिङ्ग सोडा प्रयोग गर्ने

पानीमा अलिकति बेकिङ्ग सोडा मिसाएर आँपलाई धुनुपर्छ । बेकिङ्ग सोडाले कीटनाशक र रसायन हटाउन मद्दत गर्छ ।

५)  नुन पानीमा भिजाउने

नुन पानीमा आँपलाई १०/ १५ मिनेटसम्म भिजाउनुहोस् । यसले पनि कीटनाशक कम गर्न सहयोग पुर्‍याउँछ ।

६)  भिनेगर प्रयोग

पानीमा थोरै भिनेगर मिसाएर आँपलाई धुनुहोस् । भिनेगरले कीटनाशकको प्रभाव कम गर्न सहयोग गर्छ।