
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् ।
प्रधानमन्त्री शाहले कीर्तिपुर जानुअघि फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्घाटन दिउँसो ५ बजे हुनेछ ।
तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि उनले शुभकामना दिएका हुन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् ।