
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले राजनीकि रुपमा नियुक्त भएका ६ देशका राजदूतहरु लाई फिर्ता बोलाएको छ । आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सोमबार सम्बन्धित राजदूतहरुलाई एक महिना भित्र स्वदेश फर्कन जानकारी गराईसकिएको परराष्ट्रमन्त्रालयको स्रोतले जनाएको छ । सरकारले अस्ट्रेलियाका चित्रलेखा यादव,भारतका डा शंकर शर्मा, डेनमार्कका सुम्निमा तुलाधार,दक्षिण कोरियाका शिवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ र श्रीलंकाका पूर्णबहादुर नेपालीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार सम्बन्धित राजदूतहरूलाई एक महिनाभित्र स्वदेश फर्किन पत्राचार गरिएको छ । यसअघि पनि वर्तमान सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका ११ जना राजदूत फिर्ता बोलाइसकेको थियो । पछिल्लो निर्णयसँगै राजनीतिक नियुक्ति भएका कूटनीतिक प्रतिनिधिहरूलाई क्रमशः फिर्ता गर्ने प्रक्रिया अघि बढेको देखिन्छ।