
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री शाहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलार्य विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको बताए। आन्तरिक शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएको पनि जानकारी दिए ।