२०८३ बैशाख १० , बिहिवार

एमालेले आज पनि सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने

IMG_3103-1774770028

 

सुनाखरी न्युज/ काठमाडौं । 

पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउको विरोधमा नेकपा ९एमाले०ले आज पुनस् माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिन लागेको हो ।एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

उनले माइतीघरमा सहभागिताका लागि कार्यकर्तालाई अपिल गरेका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् ।