
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।नवनिर्वाचित सांसदहरू थरीथरी भेषभूषा र मौलिक पहिरनमा शपथ लिन उपस्थित भएका थिए।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा यसको कुनै समितिको बैठकमा भाग लिनुअघि अध्यक्षको अगाडि शपथ लिनुपर्ने कानुनी व्यवस्था छ।
शपथ ग्रहण समारोहमा सांसदहरूले आफ्नो दायित्व र गोपनीयताको सम्मान गर्दै संसद् सञ्चालनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।