२०८३ बैशाख १० , बिहिवार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेता चयन गर्ने

raswapa-rsp-e1715062813505

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ ।

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो ।

 

केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

आजै नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन् । शपथ लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

 

आजको बैठकबाट संसदीय दलको नेता चयन भएपछि शुक्रबार बालेन प्रधानमन्त्री बन्नेछन् । उनको शपथको समय पनि तोकिसकिएको छ ।

रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री घोषणा गरेको थियो । रास्वपा र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख थियो ।