
सुनाखरी न्युज/काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का वरिष्ठ नेता बालेन्द्र शाह ( बालेन ) ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्। बिहीबार बालेन र रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरुबीच भएको छलफलमा उनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तय भएको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए ।
छलफलमा वाग्लेसहित अर्का उपसभापति डीपी अर्याल पनि सहभागी थिए । त्यसअघि सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।