
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश ( ग्रुप एसएमएस ) पठाउन सकिने विशेष सुविधा सञ्चालनमा रहेको जनाएको छ । यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटा सम्म सामूहिक सन्देश पठाउन सकिन्छ ।
एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिले देखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकै पटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुन सक्छ ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल शिटमार्फत अपलोड गर्नुपर्छ