२०८२ फाल्गुन २२ , शुक्रवार

सरकारी कागजात देखाए मतदान गर्न पाइने

election-commission-1

सुनाखरी न्युज/ काठमाडौं । 

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सकिने बताएको छ ।

निर्वाचनमा आफ्नो मत जाहेर गर्न मतदाता परिचय पत्र वा नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पूर्जा, सवारी लाइसेन्स वा राष्ट्रिय परिचयपत्रमध्ये एउटा परिचय पत्र बोकेर जान प्रमुख आयुक्त थपलियाले आग्रह गरेका हुन् । उनले मतदान गर्न जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायत कुनै पनि निषेधित वस्तुहरू नबोक्न आग्रह गरेका छन् ।

साथै, मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका लगायतलाई आवश्यक सहयोग गर्न र पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् । मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनै पनि तर्क वितर्क नगर्न पनि सचेत गराएका छन् ।