२०८३ बैशाख १० , बिहिवार

निर्वाचनलाई तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको  बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।