२०८२ फाल्गुन २२ , शुक्रवार

जस्तोसुकै रोगको उपचार निशुल्क गर्ने व्यवस्था गर्छु : सभापति थापा

Gagan_thapa-(3)1662885410

सुनाखरी न्युज/ काठमाडौं ।

कांग्रेस सभापति गगन थापाले नागरिकको स्वास्थ्योपचार निस्शुल्क बनाउने बताएका छन्। पार्टीको चुनावी प्रतिज्ञापत्र बिहीबार सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा प्रणालीलाई नयाँ ढाँचामा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि निशुल्क स्वास्थ्य सेवा पाउनुपर्छ।

यसको लागि स्रोत र एकीकृत प्रणाली आवश्यक छ।”उनले भने, ‘हरेक नागरिक स्वास्थ्य बिमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहून्। हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न सकून्– गोजीमा बिमा कार्ड छ, मलाई केको डर छ।’

उनले कांग्रेसले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अलपत्र पारिएको बताउँदै कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्री हेल्थ केयरको व्यवस्था मिलाउने बताए। थापाले अस्पताल केवल ठूलो भवन नभई, जनशक्ति र पूर्वधार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। उनले भने, “स्वास्थ्य खर्च कसरी घटाउने, स्वास्थ्य जनशक्ति नेपालमै कसरी खटाउने, र वृद्धवृद्धा तथा बालबालिकाले घरमै सेवा कसरी पाउने भन्नेमा योजना तयार छ।” नेपाली कांग्रेसको यो पहलले स्वास्थ्य सेवा प्रणालीलाई दीगो बनाउँदै सबै वर्गका नागरिकका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।