
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगर- १६ का ४२ वर्षीय मनिष राजवहाक, सिन्धपुाल्चोक लिसंखुपाखर-६ घर भइ काठमाडौं-३१ बस्ने ४६ वर्षीय खिम बहादुर खड्का र डोटी दिपायल वसलगढी- ६ भइ धादिङ धुनिबेँसी नगरपालिका-७ का ४५ वर्षीय संजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
परिसरका अनुसार राजवहाक जेनजी आन्दोलनका क्रममा २४ भदौंमा नख्खु कारागारबाट भागेका कैदी हुन् । उनी माघ २३ गते बाँसबारी क्षेत्रबाट पक्राउ परेका थिए ।यस्तै, खिमबहादुर खड्कालाई हिजो शनिबार प्रहरीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
उनी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हुन् । संजय श्रेष्ठलाई भने प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । श्रेष्ठविरुद्ध पनि यसअघि जबर्जस्ती करणी मुद्दा लागेको प्रहरीको भनाइ छ ।