२०८२ फाल्गुन २२ , शुक्रवार

बालेन शाह उर्लाबारीमा, सुशासन र नागरिक सहभागितामा जोड

photo-3_07c57ef7_EzKBP4gjMj

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाण्डु महानगरपालिकाका पूर्वप्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा) का वरिष्ठ बालेन्द्र शाह ( बालेन)  चुनावी अभियानका क्रममा मोरङको उर्लाबारी पुगेका छन्।भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे।

उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए।स्थानीय युवाहरूले रोजगारीको अभाव, शहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभूत पूर्वाधारका समस्या उठाएका थिए। जवाफमा साहले नीति निर्माणमा नागरिकको सहभागना बढेमा समाधान सम्भव हुने बताउँदै परिवर्तन माथिबाट मात्र नभई तलबाट सुरु हुनुपर्ने बताए।

बालेनको उर्लाबारी आगमनलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । उनका समर्थकहरूले उनको स्पष्ट बोली र कार्यशैलीले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरेको प्रतिक्रिया दिएका छन्। उर्लाबारी बसाइँका क्रममा शाहले स्थानीय अवस्था अवलोकन गर्ने र विभिन्न समूहसँग थप अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ।