२०८२ फाल्गुन २२ , शुक्रवार

भारत-अमेरिका व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने

Trump-and-Modi

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।

सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ ।

 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति जनाएको छ । साथै रुसबाट तेल खरिद रोक्ने निर्णय पनि भारतले गरेको ट्रम्पको भनाइ छ ।

रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हटाइने उनले उल्लेख गरेका छन् ।

 

यो घोषणा भारत र युरोपेली संघबीच झण्डै दुई दशक लामो छलफलपछि ऐतिहासिक व्यापार सम्झौता भएको एक साताभित्र आएको हो ।

ट्रम्पले भारतसँगको सम्झौता घोषणा गरेपछि अमेरिकी सेयर बजारमा सामान्य वृद्धि देखिएको छ ।