
सुनाखरी न्युज/काठमाडौं ।
भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दु
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए । मृतकमा अधिकांश बालबालिका रहेको बताइएको छ ।
र्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।
डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन ।