२०८२ फाल्गुन २२ , शुक्रवार

राष्ट्रपति पौडेल जापान जाँदै

Ramchandra-Paudel-10-768×499

सुनाखरी न्युज/ काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ ( आइतबार)  गते जापान भ्रमणमा जाने भएका छन् ।

आज ( बिहीबार)  बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको जापान भ्रमण स्व्किृत गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

नेपाल- जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् । कार्यक्रम माघ १८ देखि २१ गतेसम्म हुनेछ ।