२०८२ फाल्गुन २२ , शुक्रवार

चुनावी प्रचारमा बालबालिका प्रयोगविरुद्ध जेनजी फ्रन्ट को ध्यानाकर्षण

gen-z-front-1769248948-696×363

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी फ्रन्ट ले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि प्रचार प्रसारमा बालबालिकाको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको छ। शनिबार जारी विज्ञप्ति मार्फत फ्रन्टले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ। फ्रन्टले भनेका छन् कि राजनीतिक लाभका लागि बालबालिकालाई अगाडि सार्नु बालअधिकारको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान पनि हो।

बालबालिकालाई राजनीतिक दल, उम्मेदवार वा कार्यकर्ताका प्रचारका औजार बनाउनु अनुचित र गैरजिम्मेवार व्यवहार हो।
विज्ञप्तिमा भनिएको छ, “बालबालिकालाई राजनीतिक गतिविधि वा चुनावी प्रचारमा संलग्न गराउनु बालअधिकारको गम्भीर उल्लङ्घन हो। संविधान, बालबालिका सम्बन्धी ऐन तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताले बालबालिकाको प्रयोग स्पष्ट रूपमा निषेध गरेको छ।”

फ्रन्टले राजनीतिक लाभका लागि बालबालिकालाई प्रयोग गर्नु लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा सबै राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्तालाई बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, कानुनको पालना गर्न र चुनावी गतिविधिमा उनीहरूलाई प्रयोग नगर्न सचेत रहन आग्रह गरिएको छ। जेनजी फ्रन्टले चुनावी प्रतिस्पर्धामा बालबालिकालाई साधन बनाउने व्यवहार रोक्न उच्चतम जिम्मेवारी र जवाफदेहिता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।