
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन् । चुनावी अभियानमा पूर्वी नेपाल पुगेका शाहले शुक्रबार बिहान पाथीभरा माताको दर्शन गरेका हुन् ।
उनी पाथीभरा देवीको दर्शन गरेर प्रफूल्लित देखिन्छन्। बिहीबार पाथीभरा डाँडाको माथिल्लो फेदीमा बास बसेर उनी शुक्रबार पाथीभरा माताको दर्शन गर्न पुगेका हुन्।
पाथीभरा देवीको दर्शन गर्न बालेनको टोली पर्यटनको सिजन अफ भएका बेला पाथीभरा क्षेत्रमा पुगेपछि उत्साह छाएको छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट प्रतिस्पर्धा गरिरहेका छन् । बालेनको पाथीभरा दर्शनलाई चुनावी रणनितिकै रूपमा चर्चा र विश्लेषण गरिएको छ ।