२०८२ फाल्गुन २२ , शुक्रवार

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

Gajan

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

 

मंगलबार बिहान बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसअघि थापा २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट निर्वाचित थापा पहिलोपटक मधेस झरेका हुन्।

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन्।