२०८२ फाल्गुन २२ , शुक्रवार

काठमाडौं महानगरपालिकाका मेयर  बालेनको राजीनामा ‘होल्ड’, यस्तो छ कारण

balen_shah_kathmandu_metro_techpana_mayor_345FCX12Hc

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर , रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए । यद्यपि अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि स्वतस् पद खारेज हुने कारण पनि उनले राजीनामा होल्ड गराएका हुन् ।

‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर भनिहाल्न मिल्दैन । जेहोस् अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ,’ बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’

उनी केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाँदैछन् । मेयर पदबाट राजीनामा नदिइ उनी घण्टीघर जान लागेका हुन् ।

झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् । पर्सि ९माघ ६० उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तोेकेको छ ।