२०८२ फाल्गुन २२ , शुक्रवार

आजदेखि राष्ट्रियसभाको अधिवेशन सुरु हुँदै

Rashtriya-Sabha

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

यसअघि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि सिंहदरबारबाट सञ्चालन गर्न लागिएको हो ।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।