२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाली कांग्रेसको  सभापतिमा गगन र महामन्त्रीमा विश्व-प्रदीपको मात्रै उम्मेदवारी

Gajan

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ।

भापति पदका लागि  बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सगगन थापाको मात्रै उम्मेदवारी परेको एक नेताले जानकारी दिएका छन्।

त्यस्तै महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ।

सहम‍हामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।

कुन-कुन पदमा क-कसले उम्मेदवारी दिएको भन्ने बारेमा निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्नेछ।

समिति संयोजक सिताराम केसीले सबै पदमा उम्मेदवारी परेको जानकारी दिए।