२०८२ फाल्गुन २२ , शुक्रवार

नोबेल शान्ति पुरस्कार दिन ट्रम्पले दबाब दिएपछि ​​​​​​समितिले भन्यो- ​ हामी प्रभावित हुँदैनौँ

licensed-image

 

सुनाखरी न्युज/ काठमाडौं ।

नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ।समितिले हरेक उमेदवारलाई उनीहरूको योग्यताका आधारमा मात्र मूल्यांकन गर्ने भन्दै उनले मिडियाको ध्यान वा सार्वजनिक अभियानले आफूहरूको छलफलमा कुनै प्रभाव नपर्ने बताएका छन् ।

यो वर्ष जनवरीमा ह्वाइट हाउस फर्किएका ट्रम्पले बारम्बार नोबेल शान्ति पुरस्कार जित्ने आफ्नो इच्छा व्यक्त गर्दै आएका छन् । सन् २००९ मा ट्रम्पका प्रतिद्वन्द्वी बाराक ओबामाले पदभार ग्रहण गरेको केही समयमै पुरस्कार प्राप्त गर्दा धेरैजना चकित भएका थिए ।‘एक पटक नोबेल पुरस्कार घोषणा भइसकेपछि, यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन,’ नर्वेली नोबेल समिति र नर्वेली नोबेल संस्थानले शुक्रबार भनेका छन्, ‘यो निर्णय अन्तिम हो र सधैँका लागि कायम रहन्छ।’

गत सोमबार ‘फक्स न्यूज’ मा सन ह्यानिटीसँग कुरा गर्दै माचादोले ट्रम्पलाई पुरस्कार अर्पण गर्नु भेनेजुएली जनताका तर्फबाट कृतज्ञताको कार्य हुने बताएकी थिइन् । उनले गत हप्ता अमेरिकाद्वारा पक्राउ गरिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउन ट्रम्पले खेलेको भूमिकाका लागि यस्तो सम्मान दिनुपर्ने तर्क गरेकी थिइन्।लामो समयदेखि नोबेल पुरस्कार जित्ने इच्छा व्यक्त गर्दै आएका ट्रम्पले अर्को हप्ता वासिङ्टनमा हुने तय भएको भेटघाटका क्रममा यदि माचादोले प्रस्ताव गरेमा पुरस्कार स्वीकार गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा हुने बताएका छन्।

भेनेजुएलाको राष्ट्रिय सभाकी पूर्व सदस्य माचादोलाई मादुरो पक्षधर अधिकारीहरूले सन् २०२४ को आम निर्वाचनमा उम्मेदवार हुन प्रतिबन्ध लगाएका थिए। उनले आफ्नो सट्टामा उठाएका अर्का उम्मेदवारले चुनाव जितेको मानिएको थियो, यद्यपि मादुरोले आफ्नो जितको दाबी गरेका थिए।