२०८२ फाल्गुन २३ , शनिवार

प्रतिनिधि सभाको चुनाव लड्ने हर्क साम्पाङको घोषणा

hark-sampang-1745245140

सुनाखरी न्युज/ काठमाडौँ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी- १ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत सुनसरी-१ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

साम्पाङले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश!’
उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए ।