
सुनाखरी न्युज/ काठमाडौं ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाण्डु उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।
जाँचबुझ आयोगले सोमबार बसेको बैठकमा ओलीमाथि लागू गरिएको विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न नपाउने प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माले सोधपुछ र आवश्यक अनुसन्धानको प्रक्रिया पूरा भइसकेपछि प्रतिबन्ध कायम राख्ने औचित्य समाप्त भएको भन्दै फुकुवाको निर्णय गरिएको जानकारी दिए। यसअघि आयोगले २०८२ असोज १२ गतेको बैठकमा अनुसन्धान दायराभित्र रहेका कारण ओलीलाई उपत्यका छाड्न र विदेश भ्रमण गर्न रोक लगाएको थियो।
