
सुनाखरी न्युज/ काठमाडौं ।
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् ।
राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।
रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको थियो ।
अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
को हुन् डेल्सी रोड्रिगेज ?
डेल्सी रोड्रिगेज १८ मे १९६९ मा काराकसमा जन्मेकी हुन् । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । उनले १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।
कानूनमा स्नातक गरेकी डेल्सी अधिवक्ता समेत हुन् ।
उनी लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । उनले ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् ।