
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउनका लागि लामो छलफलपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो।सूचीमा कलाकारदेखि क्रिकेटरसम्मका चर्चित अनुहार समेटिएका छन् ।
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले समानुपातिकमा स्थान पाएकी छन् । सन् २०१९ की मिस नेपाल विजेता अनुष्का श्रेष्ठ आदिवासी महिला समूहबाट सूचीको चौथो स्थानमा छन्। चर्चित लोक दोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्।
क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्। त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्। सूचीमा गायक प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म पनि समेटिएका छन् ।कलाकार रिमा विश्वकर्मा, डा. रामजी राम, अधिकारकर्मी मोहना अन्सारीदे पनि स्थान पाएका छन् । चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङलाई समेत समानुपातिक सूचीमा अटाएका छ ।