२०८२ फाल्गुन २३ , शनिवार

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन

nirwachan-aayog.jpg

सुनाखरी न्युज/ काठमाडौं ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी ( बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया को सोमबार ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।लामो समयदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेकी जियाको उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी विगत २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन् ।

खालिदा जिया पछिल्ला केही वर्षदेखि छातीको संक्रमण, कलेजो र मिर्गौला सम्बन्धी समस्या, मधुमेह, बाथ तथा आँखा सम्बन्धी जटिल रोगबाट ग्रसित थिइन् । उनको निधनको पुष्टि परिवार तथा बीएनपीका शीर्ष नेताहरूले गरेका छन् ।खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुन्।

उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी समेत हुन् ।बंगलादेश नेशनलिस्ट पार्टी ( बीएनपी) ले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, बिहानी नमाजको केही समयपछि निधन भयो ।’ पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए । खालिदा पछिल्लो केही महिनायता अस्वस्थ थिइन् । चार दशकभन्दा लामो समयदेखि उनी बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले आफ्ना पतिको मृत्युपछि बीएनपीको नेतृत्व आफ्नो हातमा लिएकी थिइन् ।