
सुनाखरी न्युज/ काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं ४ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि ८ जनालाई सिफारिस गरेको छ ।
राप्रपा युवक संगठनको केन्द्रीय कोषाध्यक्ष समेत रहेकी विमली सहित भुवन पाठक, डा. ठाकुरमोहन श्रेष्ठ, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईंको नाम सिफारिस गरिएको हो ।
यो निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि राप्रपाको काठमाडौं ४ को क्षेत्रीय कार्यसमिति ‘क’ र ‘ख’ को संयुक्त बैठक बसेर ८ जनालाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।पाठक वाग्मती प्रदेश सभा सदस्य हुन् । उनी यसअघि बाग्मती प्रदेश सभाको सभामुख थिए । विमली राप्रपा युवक संगठनको केन्द्रीय कोषाध्यक्ष हुन् ।