२०८२ फाल्गुन २३ , शनिवार

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलहरुसँग छलफल गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगले जनाएको छ ।

छलफलमा राजनीतिक दलका नेताहरूसँगै सुरक्षा निकाय प्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।