२०८२ फाल्गुन २३ , शनिवार

कांग्रेस महाधिवेशनविना चुनावमा जाँदैन महामन्त्री गगन थापा

Gajan

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताएका छन् । उनले महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए ।

धुम्बाराही ब्यांकेटमा सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए ।

 

थापाले भने, ‘अधिवेशन विना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा ।’

उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए । ‘

उनले अधिवेशनपछि पार्टी चुनावमा जाने बताए । चुनाव फागुन २१ मै हुनुपर्नेमा उनले जोड दिए ।

निर्वाचनबाट चुनिएर आउने संसद्ले विस्तारै संविधानअनुसार कामहरू अघि बढाउने उनको भनाइ थियो । ‘निर्वाचनले नयाँ संसद् ल्याउँछ । अनि त्यो संसद्ले विस्तारै आफ्नो काम गर्ने,’ महामन्त्री थापाले भने ।

२१ फागुनका लागि तय भएको निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्नेमा महामन्त्री थापको जोड थियो ।