२०८२ फाल्गुन २३ , शनिवार

एमाले मतगणना अपडेट : मतगणना सुरु

KP-oli-ishwor-pokharel-voting-1230-1024×624

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार ८० वटै मेसिनबाट चिप्स निकालिसकिएको छ ।

चिप्स निकाल्ने काम सकिएसँगै मतगणनाको काम सुरु भएको हो ।

 

करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ ।

बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो ।