
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र शुरु हुँदैछ । बिहान साढे ८ बजेदेखि सुरु हुने भनिएको महाधिवेशन मध्याह्नका लागि सारिएको हो ।
बन्दसत्र सुरु हुने समय सरे पनि प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा आएका छन् । महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिले भृकुटीमण्डपमा चहलपहल बढेको छ ।
बन्दसत्र सुरु हुनुअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्दै छ । बन्दसत्र १२ बजेपछि सुरु हुने भए पनि प्रतिनिधहरु भृकुटीमण्डपमा पुगेका छन् । नेताहरूले देशभरबाट आएका प्रतिनिधिलाई आ-आफ्नो दस्तावेज र प्रचार सामग्री वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरुले प्रचारप्रासार गरिरहेका छन्।

