२०८२ फाल्गुन २३ , शनिवार

एमालेको मुख्यालय च्यासलमा बढ्यो चहलपहल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको मुख्यालय च्यासलमा चहलपहल बढेको छ । ११औं महाधिवेशनको पूर्वसन्ध्यामा देशभरिबाट आएका प्रतिनिधिहरू च्यासलमा भेला भएका कारण चहलपहल बढेको हो । महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेसँगै दुवै पक्षका शीर्ष तहका नेताहरू पनि च्यासल पुगेका छन् । प्रतिनिधिहरूसँग भेटघाट गर्ने, सामूहिक तस्वीर खिच्ने, सेल्फी हान्ने लगायतका गतिविधिसँगै आ-आफ्नो पक्षमा पार्न नेता तथा कार्यकर्ताहरू सक्रिय छन् ।