
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका नेता कर्णबहादुर थापाले आफूहरूको संयता र शान्तिको लोटा फुटाउने प्रयास भए उद्दण्डहरुको घैँटो फुटाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न नदिनेतर्फ सङ्केत गर्दै यस्तो बताएका हुन् । ‘यदि हाम्रो संयतता र शान्तिको लोटा फुटाउने कोसिस भए उद्दण्डहरूको घैँटो फुट्न सक्छ । यो कुरा हेक्का राख्न जरुरी छ’, थापाले भने, ‘हामी पार्टीमा परिवर्तन गर्न र जबजको मर्मअनुसार चलोस् भन्ने चाहिरहेका छौँ । ’