
सुनाखरी न्युज/ काठमाडौं ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम उम्मेदवारका लागि एकल सिफारिस भएको छ ।उनको नाम झापा निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले महामन्त्री शर्माको नाम एकल सिफारिस गरेको सचिवालयले जनाएको छ ।