
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँमा मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रमको आयोजना गरेको छ ।
उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा वृहत् सभा कार्यक्रम आयोजना गरेको हो । प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमलको फोटो अंकित प्लेकार्ड बोकेका छन् । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।