२०८२ फाल्गुन २६ , मंगलबार

भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

bharatpur-mahanagar_Z20BOFi

सुनाखरी न्युज/ काठमाडौं ।

भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।
रासस