२०८२ फाल्गुन २३ , शनिवार

रूसी राष्ट्रपति पुटिन आज भारत आउँदै

Putin-Photo-Pixabay

सुनाखरी न्युज/ काठमाडौं ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) भारत भ्रमणमा आउँदै छन् । दुई दिवसीय भ्रमणका लागि उनी भारत आउन लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन बिहीबार भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्दैछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं मुद्दाहरूमा छलफल गर्ने कार्यतालिका छ ।

 

पुटिनको भ्रमणलाई मध्यनजर गरी भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा अंगहरुलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

‘पुटिनको आगमनदेखि फिर्ता हुनेसम्म सुरक्षा एजेन्सीहरूले हरेक गतिविधि निगरानी गर्ने छन्,’ नवभारत टाइम्समा समाचार छ ।