२०८२ फाल्गुन २४ , आइतवार

प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ, सकेसम्म सहमतिमै जाऔं- अध्यक्ष ओलीको आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला भएको दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मतीले गर्नुपर्छ भन्ने नाउँमा कसैलाई अघि बढ्नैन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन । एमालेले मतदान नै नगरेर सर्वसम्मती गर्नुपर्छ भन्ने नाममा कसैलाई पनि नरोक्ने उनको भनाइ थियो । रोक्ने सोक्ने कुनै कुरै होइन,’ ओलीले भने, ‘प्रतिस्पर्धा खुला हुन्छ, प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउँछ । त्यसका लागि ठाउँ हुन्छ ।’तर, सकेसम्म सहमतिकै साथ अघि बढ्नुपर्ने ओलीको भनाइ थियो । ‘तर अध्यक्षका हैसियतले मैरो के आग्रह हुन्छ भने जसले छाड्नुपर्छ सहमतिका साथले नै गरौं, जो बस्नुपर्छ सहमतिका साथ बसौं । सहमितबाटै गरौं,’ ओलीले भने ।