२०८२ फाल्गुन २३ , शनिवार

धरानमा खेलकुद महोत्सव हुने

dharan-mahotsab-768×379

सुनाखरी न्युज/ काठमाडौं ।

सुनसरीको धरान उपमहानगरपालिकामा खेलकुद महोत्सव आयोजना हुने भएको छ । धरान खेलकुद मञ्चको आयोजनामा यही मङ्सिर २५ देखि पुस १० गतेसम्म खेलकुद महोत्सव हुने भएको अयोजक संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । महोत्सवमा फुटबल, गल्फ, सुटिङ, बास्केटवल, हक्की, डोरी तान, आर्चरीलगायत खेलको प्रवद्र्धन गरिनेछ । धरानलाई खेलकुदको सहरका रुपमा विकास गर्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका अवसरमा विभिन्न खेलाडीलाई विशेष सम्मान गरिनेछ ।
रासस