२०८२ फाल्गुन २३ , शनिवार

श्रीलङ्कामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगारः प्रधानमन्त्री

Harini-Amarasuriya-2024.09.28-1_zLbJxDvmh9_NiTM1SaQ6O

सुनाखरी न्युज / काठमाडौं ।

श्रीलङ्कालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरु बेरोजगार रहेको श्रीलङ्काका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताउनु भएको छ । पहिलो त्रैमासिकमा बेरोजगारी दर घटेर ३.८ प्रतिशतमा झरेको उहाँले बताउनु भएको छ । जुन सन् २०२४ को समान अवधिमा ४.५ प्रतिशत थियो । दोस्रो त्रैमासिकको दर पनि एक वर्ष अघिको ४.७ प्रतिशतको तुलनामा ३.८ प्रतिशत रहेको उहाँले बताउनु भएको छ । प्रधानमन्त्रीका अनुसार विश्वविद्यालयको डिग्री वा सोभन्दा उच्च योग्यता भएका ४२ हजार २५४ जना बेरोजगार रहेका छन् । सरकारले आफ्नो रोजगार कार्यक्रम अन्तरगत सार्वजनिक क्षेत्रमा १२ हजार भन्दा बढी स्नातक उपाधी प्राप्त जनशक्तीलाई रोजगारी दिइ सकेको उहाँले जनाउनु भएको छ ।
रासस/सिह्वा