
सुनाखरी न्युज / काठमाडौं ।
इजरायली सेनाले बुधबार वेस्ट ब्याङ्कको उत्तर क्षेत्रमा नयाँ “आतङ्कवाद विरोधी“ कारबाही सम्बन्धि अपरेसनको घोषणा गरेको छ । सैन्य र आन्तरिक सुरक्षा सेवाले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वेस्ट ब्याङ्कको “उत्तरी सामरियाको क्षेत्रमा व्यापक आतंकवाद विरोधी कारबाही सञ्चालन गरेको जनाएका हुनु । इजरायली सेनाले अपरेसन जनवरी २०२५ मा सुरु गरिएको आतंकवाद विरोधी अपरेसनको हिस्सा नभइ नयाँ भएको जनाएको र यसले मुख्यतया प्यालेस्टिनी शरणार्थी शिविरहरूलाई लक्षित गर्ने एएफपीले जनाएको छ । सन् १९६७ देखि इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कमा अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणले गाजा युद्ध सुरु गरेपछि हिंसा बढेको छ । पछिल्लो समयमा अक्टोबर १० देखि गाजामा लागु भएको युद्धविरामको बावजुद युद्ध र हिंसा भइरहेको जनाइएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै इजरायली सेना वा बसोबास गर्नेहरूले युद्ध सुरु भएदेखि वेस्ट ब्याङ्कमा एक हजार भन्दा बढी प्यालेस्टिनीहरूको हत्या गरेका छन जस मध्ये अधिकाशं नागरिक रहेको एएफपीले जनाएको छ । आधिकारिक इजरायली तथ्याङ्क अनुसार भने प्यालेस्टिनी आक्रमण वा इजरायली सैन्य कारबाहीमा सैनिक तथा नागरिक दुवै पक्षका कम्तीमा ४४ जना इजरायलीको मृत्यु भएको छ ।
रासस/एएफपी