२०८२ फाल्गुन २६ , मंगलबार

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

Capture

सुनाखरी न्युज / काठमाडौं ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले राससलाई जानकारी दिनुभयो । यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए ।
रासस