२०८२ फाल्गुन २४ , आइतवार

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नारा तय

Capture

सुनाखरी न्युज / काठमाडौं ।

नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि नारा तय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिएका हुन् ।उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए । पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।