२०८२ फाल्गुन २३ , शनिवार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

dollar-4896650_640

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले आज  (  बुधबार )  का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।