२०८२ फाल्गुन २७ , बुधवार

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

asdfg-1763450130-1763450740

सुनाखरी न्युज/ काठमाडौं ।

दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो ।

चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त नियुक्ति दिइएको हो ।

सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृत  ( करार सेवामा )  पदमा मगियालाई रोजगारी उपलब्ध गराइएको छ मंगलबार ( मंसिर २ )  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतमा नियुक्ति दिएका छन् ।